२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १६
|
6.8k views

ललितपुर । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँका दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० पुगेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

त्यसैगरी आज चाँदीका भाउ भने बढेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया