२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीले नयाँ रेकर्ड बनाउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २१
|
7.4k views

ललितपुर । नेपाली बजारमा आइतकार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको । चाँदीको मूल्यलले आज नयाँ रेकर्ड बनाएको छ । आज चाँदीमा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ । जसअनुसार आइतबार चाँदीका् मूल्य प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । शुक्रबार भने चाँदीको मूल्य ३ हजार ५ सय ५५ रुपैयाँ कायम थियो ।

शनिबार भने सार्वजनिक बिदा परेकाले सुनको मूल्य निर्धारण हुँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया