|
|
२०८२ मंसिर १०
11.5k views
ललितपुर । नेपाली बजारमा उचाइमा पुगेर केही तल झरेको सुनचाँदीको भाउ पछिल्ला दिनमा फेरि उकालो लागिरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९०० रुपैयाँका दरले बढेको छ भने चाँदीमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य मंगलबार ३ हजार २०० रुपैयाँ कायम थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया