२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा अप्रत्यासित वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २८
|
19k views

ललितपुर । सुनको मूल्यमा अप्रत्यासित रुपले वृद्धि भएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनचाँदीको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड राखेका छ ।

मंगलबार एकैदिन सुन प्रतितोला ८ हजार ५०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी तोलामा १०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्लो समय चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढ्ने क्रममा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया