२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा पुनः वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
16.5k views

ललितपुर । विहीबार रेकर्ड मूल्यबाट केही तल झरेको सुनचाँदीको मूल्य शुक्रबार पुनः बढेको छ । आज छापावाला सुन तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । विहीबार भने सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १६० रुपैयाँ बढेको छ । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ कायम भएको छ । विहीबार भने चाँदी ५ हजार ४ सय ८५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया