२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा भारी वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २४
|
30.4k views

ललितपुर । नेपाली बजारमा पछिल्ला केही दिनदेखि मन्द गतिमा बढिरहेको सुन चाँदीको मूल्यमा सोमबार भने भारी वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ भने चाँदी पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँका दरले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया