२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ७
|
16.3k views

ललितपुर । नेपाली बजारमा पछिल्लो समय तीव्र गतिमा बढिरहेको सुन र चाँदीको मूल्य आज पनि नयाँ रेकर्ड बनाउन सफल भएको छ । आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा एकैपटक ३ हजार ४०० ले बढेर नयाँ रेकर्ड कायम भएको छ । जसअनुसार आज छापावाला सुनको मूल्य प्रतिताोला २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको छ । आइताबर भने सुनको मुल्य २ लाख ५८ हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । आइतबार भने चाँदी प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया