२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २७
|
23.3k views

ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन एकैदिन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने छापावाला सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि उच्च बढेको छ । आज चाँदी प्रतितोला २ सय १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया