|
|
२०८२ पुष १८
15.8k views
ललितपुर । लगातार ४ दिनसम्म घटेको सुनचाँदीको मूल्य शुक्रबार भने बढेको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ कायम गरिएको छ । विहीबार भने छापावाला सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १ सय १० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । विहीबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ कायम थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया