२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ४
|
12.5k views

ललितपुर । आज साता अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रुपमा घटेको छ । आज छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेछ । विहीबार भने सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य रेकर्ड मूल्यबाट घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ रुपैयाँ कायम गरिएको छ । विहीबार भने चाँदी ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया