२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २७
|
16.6k views

ललितपुर । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो ।

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य नै हाल सम्मको उच्च हो । आइतरको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार असोज २३ गते कायम सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँलाई रेकर्ड ब्रेक गर्दै आज ऐतिहासिक उचाई पुगेको हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई पछि पार्दै आज चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया