|
|
२०८२ मंसिर १८
14.2k views
ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य रुपले घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँका दरले घटेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । बुधबार भने छापावाला सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी पनि प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ कायम थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया