२०८२ फाल्गुन ६ | Feb 18, 2026

हमासलाई ट्रम्पको चेतावनी, सम्झौता विपरीत गए सिध्याइदिने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३१
|
1.7k views

वासिंटन । प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पालना नगरिएका गाजा समाप्त गरिदिने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल “ट्रुथ” मार्फत् लेखेका छन्, ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।’

अमेरिकी राष्ट्रपछि ट्रम्पले यसअघि पनि पटक पटक गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताउँदै आएका थिए । हमासले आफ्ना विरोधीहरूलाई निसाना बनाएका कारण यस प्रकारको हिंसा भएको बताइन्छ । हमास र इजरायलका बिच युद्धविरामपछि गाजावासीहरू आ–आफ्नो घर फर्कन थालेका छन् ।

लामो प्रयासपछि आफूले हमास र इजरायलबीच युद्धविराम गराउन सफल भएको र हमासद्वारा यसको उल्लंघन गरिए अमेरिकाले उसलाई समाप्त पार्नुको विकल्प नरहेको ट्रम्पले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया