२०८२ फाल्गुन ६ | Feb 18, 2026

हितेन्द्र देवको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २१
|
765 views

ललितपुर । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ। उनको रिटमाथि न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो।

सर्वोच्च अदालतले यसअघि नै यसअघि शाक्यको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई आज (शुक्रबार)लाई बोलाएको थियो ।

वर्तमान सरकारले आफूलाई गैरकानुनीरुपमा प्राधिकरणको कार्यकार्य निर्देशकको पदबाट हटाएको भन्दै शाक्यले पुनः प्राधिकरमै पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले कुलमान घिसिङलाई ऊर्जामन्त्री बनाएपछि घिसिङको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो।

उर्जामन्त्री घिसिङको सिफारिसमा वर्तमान सरकारले प्राधिकरणको निर्देशक पदबाट हितेन्द्रदेव शाक्यलाई हटाएर उक्त पदमा मनोज सिलवाललाई नियुक्त गरेको थियो। यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया