२०८२ आश्विन १६ | Oct 02, 2025

दुई सातापछि गुन्डुबाट सार्वजनिक भए एमाले अध्यक्ष ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ७
|
2.6k views

ललितपुर। निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईसातापछि आज सार्वजनिक भएका छन् ।

गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपश्चात् ओली मंगलबार भक्तपुरको गुन्डुस्थित अस्थायी निवासमा पार्टीका नेता–कार्यकर्तासहित सार्वजनिक भएका हुन् । आज विहान सार्वजनिक भएर ओलीले आफ्ना नेता–कार्यकर्ता भेट दिएका छन् । तर उनले कुनै प्रतिक्रिया भने दिएका छैनन्।

भदौ २३ गतेको जेनजी प्रदर्शनका क्रममा राज्यले एकाएक गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि २४ गतेको आन्दोलन विद्रोहमा परिणत हुँदा ठूलो मानवी, आर्थिक तथा भौतिक क्षति भएको थियो । एकाएक प्रदर्शनकारीहरु तोडफोड र आगजनीमा उत्रिएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यतिबेला देशमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति समेत तोकिसकेको छ र धमाधम मन्त्रीमण्डल विस्तार गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया