८ देशका राजदूत सिफारिस, को-को हुन् ?

काठमाडौँ  ०७ असार २०८१।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।

एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । माओवादी कोटाबाट डा विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् । त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन् ।

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका हुन् । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया