२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज बालाचतुर्दशीः मुलुकभरका शिवालयहरुमा छरियो शतबीच

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ३
|
816 views

ललितपुर । आज बाला चतुर्दशी पशुपति लगायत मुलुकभरका शिवालयहरुमा शतबीच छर्नेको भिड लागेको छ ।

विशेष गरी काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाम, चाँगुनारायण, सूर्यविनायक, चितवनको देवघाट लगायतका शिवालयहरुमा शतबीज छर्नेको घुँइँचो छ ।

हरेक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लाग्ने गर्दछ ।

भक्तपुुरको डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको निर्माण भएसँगै डोलेश्वर महादेवको मूल दीपबाट बत्ती सल्काएर यहीँ महादीप बालेर शतबीज र्छन थालेका हुन् भने चाँगुनारायण नगरपालिका–५गोकुलधाम एवं मच्छेनारायण मन्दिर, सूर्यविनायकको सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा स्थानीयले शतबीज छरेका छन् ।

यसपटक भक्तपुरवासीहरुले डोलेश्वर, चाँगुनारायण एवम् मच्छेनारयणतिर मोडिएसँगै पशुपतिनाथमा अघिल्लो वर्षको तुलनामा भिड कम देखियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया