सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २०
|
561 views

ललितपुर - नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ नै रहेको थियो । महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

      त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

      १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube