|
|
२०८३ कार्तिक ३०
51 views

ललितपुर - एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष नेताहरू एपीईसी सीईओ सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् ।
चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो ।
सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अष्ट्रेलिया, क्यानडा, चिली, चीनको हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनामका नेताहरू सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलनका क्रममा सहभागी नेताहरूले सम्बोधन गर्ने, मन्तव्य राख्ने तथा विभिन्न विषयगत छलफलमा भाग लिने कार्यक्रम रहेको छ ।



बिजनेस पाटी
















