होर्मुज जलडमरुमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २९
|
51 views

ललितपुर -
इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ ।

इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ । तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ । तर जहाजको नाम र उत्पत्तिबारे खुलाइएको छैन ।

    फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता तेहरानले होर्मुज जलडमरुमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ । अनुमति नलिएका जहाजमाथि आक्रमणसमेत भएको छ ।

      यसैबीच, इरानले रणनीतिक जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ । साथै, उक्त जलमार्ग प्रयोग गर्ने तेल ट्यांकरलाई सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

      पछिल्ला साताहरूमा जलडमरुमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ । शुक्रबार पनि ग्यास बोकेको एक जहाज समुद्री बारुदमा ठोक्किएको भन्दै इरानले धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको थियो ।

      यद्यपि अमेरिकी सेनाले भने जलमार्गका मुख्य आवागमन मार्गबाट समुद्री बारुद हटाइसकेको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube