नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १
|
51 views

ललितपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान करिब ६ः४० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुका मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिनुभयो । बस दुर्घटनास्थलमा नै रहेको भन्दै उहाँले घाइतेहरुको विवरण आउन बाँकी रहेको बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube