घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १
|
204 views

ललितपुर - काठमाडौंबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जिप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लागि आज सुर्खेत पठाइएको छ ।

उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिपमा सवार पाँच जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो ।

मृतक तिनै जनाको शव जिल्ला अस्पतालमा शवपरीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube