|
|
२०८३ मंसिर ९
102 views

ललितपुर - आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।
हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।
ुआकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ, बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।ु हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।



बिजनेस पाटी











