
ललितपुर - मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो ।
यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो । यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिदबिक्री भए ।
कारोबारमा आएकामध्ये १६५ वटा स्टक्सको मूल्य बढ्दा १११ वटाको घट्यो । बाँकी ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । सेयर बजारमा दोहोरो अंकको सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । एभरेष्ट कलरको सेयर सर्वाधिक ५.०५ प्रतिशतले बढ्यो ।
मानुषी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए । सो संस्थाको सेयर ८ प्रतिशतले घट्यो । दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिए । माइक्रोफाइनान्स र अर्दश समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन् ।



बिजनेस पाटी
















