बाघको आक्रमणबाट घाइते

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १०
|
51 views

ललितपुर - बाजुरामा बाघको आक्रमणमा परेर दुई महिला घाइते भएका छन् । जिल्लाको बुढीगङ्गा नगरपालिका–१० सिगाडा बस्ने अन्दाजी ५५ वर्षीय खन्टी साउद र अन्दाजी ३५ वर्षीय वसु साउद घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार आज बिहान ९ः०० बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । उहाँका अनुसार बाघको आक्रमणबाट दुवैको हात र खुट्टामा चोट लागेको छ । अवस्था सामान्य रहेको छ ।

      बाघको आक्रमणपश्चात् प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी घाइते दुवै जनालाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube