बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ११
|
306 views

ललितपुर - बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ । जडानसँगै यसको प्रयोग पनि थालिएको छ ।

झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको छ । यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो । तुइनबाट एक पटकमा दुई जनासम्म वारपार गर्न सकिन्छ । स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन् ।

तुइनबाट केरौँजा र लामाबेँसीका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भएको छ । तुइनको यात्रा जोखिमपूर्ण भएको गुनासो स्थानीय फिरेन्द्र घलेको छ । उहाँले तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube