२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १०
|
1.4k views


ललितपुर । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।

“हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा रु एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा रु एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएतापनि पुँजी पर्याप्ताका आधारमा थप रु १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।”

कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप रु पाँच खर्ब ५३ अर्ब सङ्कलन तथा रु १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया