ललितपुर । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा आर्जन गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले पुस मसान्तसम्म कुल ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत आवको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत वृद्धि हो।
नाफा आर्जन गर्ने बैंकमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा ग्लोबल बैंक रहेर ३ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै, एभरेष्ट बैंकले २ अर्ब ११ करोड, कुमारी बैंकले २ अर्ब ७२ करोड, नेपाल बैंकले १ अर्ब ३० करोड, एनएमबि बैंकले १ अर्ब ६४ करोड, र प्रभु बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन्।
अर्कोतर्फ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा गत वर्षको तुलनामा घटेर १ अर्ब ६१ करोड, लक्ष्मी सनराइज बैंक २७ करोड, प्राइम कमर्शियल बैंक २ अर्ब ४ करोड, सानिमा बैंक १ अर्ब ३९ करोड, र एनआईसी एशिया बैंक १३ करोड रुपैयाँमा पुगेको छ।विशेषगरी एनआईसी एशिया बैंक गत वर्ष ऋणात्मक अवस्थामा रहेको भए पनि, चालु आवको दोस्रो त्रैमासमा नाफामा फर्किएको छ। बैंकिङ क्षेत्रको यो वृद्धिले वित्तीय स्थायित्व र बजारमा सुधारको संकेत दिएको छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया