२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल चेम्बर अफ कमर्सले मनायो ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
1k views

ललितपुर । नेपाल चेम्बर अफ कमर्सले ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस ““सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार”” भन्ने नाराका साथ भव्य रूपमा मनाएको छ।

कान्तिपथस्थित नेपाल चेम्बर अफ कमर्सको सभाहलमा माघ ११ गते (आइतबार) आयोजित कार्यक्रममा माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा भन्सार विभागका उच्च अधिकारी, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खनालले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो। 

सो अव​स​र​मा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रणालीलाई पारदर्शी, चुस्त र समाजमैत्री बनाउन भन्सार प्रशासनको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

 नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार प्रशासन र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको व्यापार, राजस्व संकलन तथा आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा भन्सार विभाग र नेपाल चेम्बर अफ कमर्सबीच समन्वय, सतर्कता र प्रतिबद्धताका माध्यमबाट समाज संरक्षणमा भन्सारको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया