ललितपुर – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक गरेको छ। यहि १७ औँ वार्षिकोत्सवको अवसरमा इसेवाको आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
इसै ब्रान्ड गीतले इसेवाको मूल नारा “सबै, सधैं, सँगै” मा आधारित भएर आपसी साथ, भरोसा र एकताको भावना उजागर गरेको छ। गीतले चुनौती र परिवर्तनका बीच पनि एकअर्कासँग उभिनुपर्ने सन्देश प्रवाह गर्दै, मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरेको छ ।
इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यका साथ भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। यसै मूल मान्यताअनुसार, ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ भावनालाई ब्रान्ड गीतमा पनि व्यक्त गरिएको छ ।
गीत विप्लव प्रतीकको शब्द र मनोज कुमार केसीको संगीतमा तयार भएको हो। यसमा नेपालका चर्चित ९ जना गायक–गायिकाहरू – सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन् । साथै, प्रिन्स नेपालीले सारङ्गी वादन प्रस्तुत गरेका छन् ।
इसेवाले जनाएको छ कि गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व गर्दछ। यो गीत केवल सहज समयमा नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि एकअर्कालाई सधैं साथ दिने भावनाको कथा हो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया