|
|
२०८२ माघ २०
7.5k views
ललितपुर – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य सामान्य रूपमा बढेको छ। सोमबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा वृद्धि देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० रुपैयाँ र चाँदी पाँच हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च स्तरमै रहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ६८७ अमेरिकी डलर र एक औँस चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया