|
|
२०८२ माघ २१
459 views
ललितपुर – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा फेरि वृद्धिको रुझान देखिएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य उच्च रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,०४,७०० तोकिएको छ भने त्यही परिमाणको चाँदीको मूल्य रु ५,६०० कायम भएको छ। मङ्गलबार सुनको मूल्य रु २,९०,३०० र चाँदीको मूल्य रु ५,३३५ रहेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर एक औँस ५,०५८ अमेरिकी डलर र चाँदीको मूल्य ८८ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।







फेसबुकबाट तपाईको प्रतिक्रिया