२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्य घट्यो, बजारमा सामान्य गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २२
|
3.6k views

ललितपुर – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । बुधबारको तुलनामा दुवै बहुमूल्य धातुको भाउ केही कम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० कायम भएको छ भने चाँदी प्रतितोला रु चार हजार ९८० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला रु तीन लाख चार हजार ७०० र चाँदी रु पाँच हजार ६०० पुगेको थियो । त्यस्तै, गत मङ्गलबार सुनको मूल्य रु दुई लाख ९० हजार ३०० र चाँदीको मूल्य रु पाँच हजार ३३५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर र चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया