नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च स्तर छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार रुपैयाँ पुगेको हो । यो मूल्य अहिले सम्मकै सबैभन्दा महँगो हो ।
आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको थियो भने त्यसअघि बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार मात्रै सुनको भाउ एकैदिन ९ हजार २ सय रुपैयाँले उकालो लागेको थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य ६ हजार ४ सय ८० रुपैयाँ थियो भने शुक्रबार तोलाको ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया