२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यले नयाँ उचाइ छोयो, तोलाको ३ लाख ३९ हजार नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
1.9k views

ललितपुर । स्थानीय बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मङ्गलबार सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ तथा चाँदी ६ हजार ८७० रुपैयाँ रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागिरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन ५ हजार ५६० अमेरिकी डलरमा तथा चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया