जिल्लामा हात्तीपाइले रोग निवारणका लागि १६औँ पटक औषधि सेवन अभियान सुरु गरिएको छ । आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ ।
अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी दिनभरि, साँझ र रातिसमेत बिरामीको घरदैलोमा पुगेर औषधि खुवाइरहेका छन् । समस्या देखिएका स्थानमा स्थानीय अगुवा र प्रबुद्ध व्यक्तिमार्फत समूहगत छलफल गरी औषधि सेवनका लागि उत्प्रेरित गरिने डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले निवारणका लागि सरकारले गर्दै आएको प्रयासबारे जानकारी दिएको थियो ।
अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ जनालाई औषधि खुवाउने लक्ष्य छ । कूल ३ लाख ५७ हजार ५१३ जनालाई समेट्ने अभियानका लागि रु ४३ लाख बजेट विनियोजन गरिएको छ । डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिममा रहेको जनाइएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया