ललितपुर – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । कारोबार दिनभर दबाबमा रहेपछि नेप्से १२ दशमलव ५८ अङ्कले घट्दै दुई हजार ६८३ दशमलव १५ बिन्दुमा झरेको हो ।
आज ३२२ कम्पनीका एक करोड ८७ लाख तीन हजार १८३ कित्ता शेयर ९२ हजार ३३८ पटक किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ ।
समूहतर्फ होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहमा सामान्य सुधार देखिए पनि बाँकी सबै समूहका उपसूचक ओरालो लागेका छन् । होटल तथा पर्यटन १ दशमलव ७९ प्रतिशत, उत्पादन तथा प्रशोधन ० दशमलव ३७ प्रतिशत र म्युचुअल फन्ड १ प्रतिशतले बढेको छ ।
यता बैंकिङ ० दशमलव ६३, विकास बैंक ० दशमलव ६१, वित्त १ दशमलव ०९, जलविद्युत् ० दशमलव ९७, लगानी ० दशमलव ५१, जीवन बीमा ० दशमलव ३८, लघुवित्त ० दशमलव ४२, निर्जीवन बीमा ० दशमलव ३५, व्यापार ० दशमलव ४६ र अन्य समूह ० दशमलव ५६ प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेड सबैभन्दा धेरै ४ दशमलव ६३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड अग्रस्थानमा रहँदै ५९ करोड २९ लाख ८ हजार ४११ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, कारोबार सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ५८ हजार १७७ कित्ता शेयर किनबेच भएको छ ।













फेसबुकबाट तपाईको प्रतिक्रिया