ललितपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सुनसरी–२, रौतहट–१, भक्तपुर–२ का दुई र कैलाली–१ का एक उम्मेदवारविरुद्ध उजुरी परेको हो । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । माघ ८ गते साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने माघ ९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
आयोगका अनुसार कुल उम्मेदवारमध्ये पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया