ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ७
|
408 views

ललितपुर - नेपाल प्रहरीले लागुऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आज सो ब्राउन सुगरसहित उनीहरुलाई कारोबारमा संलग्न भएको अरोपमा पक्राउ गरेको नायब उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

      वीरगन्ज महानगरपालिका–१५ स्थित सडकमा बिआर०५बिएल १६८० नम्बरको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्ति शङ्कास्पद रूपमा बसपार्कतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणका ब्राउन सुगर पदार्थ फेलापरेको प्रहरीको भनाइ छ ।

      पक्राउ पर्नेमा स्थानीय छिपहरमाई गाउँपालिका–२ का रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ सन्तोषप्रसाद पटेल रहेको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार पक्राउ परेका पटेलको घरमा खानतलासी गर्दा कालो प्लाष्टिकमा लुकाइराखेको लागुऔषध अफिम ११ ग्राम ५९ मिलीग्रामसमेत बरामद भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube