ललितपुर – नेपाली फिल्म र शैलीको दुनियाँका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले नेपालमा लोकप्रिय भएको इन्टेलिजेन्ट एसयुभी दिपल एस०७ खरिद गरेका छन् । पछिल्ला डेलिभरीहरुले यस एसयुभीलाई प्रभावशाली व्यक्तिहरूको रोजाइमा राखिरहेको तथ्यलाई अझ बलियो बनाएको छ।
साइन्सफिक्सन चलचित्र एक्लो सहित थुप्रै फिल्ममार्फत दर्शकको मन जित्न सफल अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले एस०७को फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताएका छन् ।
त्यस्तै, बलिउड स्टार सलमान खानसँगको बहुप्रतिक्षित चलचित्र ब्याटल अफ गल्वान मार्फत विश्वभर ख्याती कमाएका अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेको जानकारी दिएका छन् ।
एमएडब्लुका अनुसार, अनुप विक्रम शाही र प्रदिप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा कम्पनी गर्वित छ । कलाकारहरूको उत्कृष्टताप्रतिको प्रतिबद्धता र स्टाइल आइकन पहिचान दिपल एस०७को इनोभेसन, स्टाइल र फ्युचर रेडी प्रदर्शनसँग मेल खान्छ ।
दिपल एस०७मा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट, आउडोर स्पिकर लगायत एक दर्जनभन्दा बढी इन्डस्ट्रि फर्स्ट फिचर रहेका छन् । यी सुविधाहरूले यसलाई नेपालकै नम्बर १ लक्जरी ईभी बनाएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया