भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ९
|
102 views

ललितपुर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट अवैध रुपमा भारत लैजान लागिएका १५ वटा राँगा/भैँसी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट बुधबार खटिएको प्रहरी टोलीले अवैध रुपमा भारततर्फ लैजान लागिएको १५ वटा राँगा भैँसी बेवारिसे अवस्थामा नियन्त्रण लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ ।

‘अवैध तस्करी हुँदै गरेको अवस्थामा राँगा भैँसी नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाहीका लागि भन्सार बुझाएका छौँ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भन्नुभयो, एक लाख ५५ हजार मूल्य बराबरका बेवारिसे राँगा भैँसी नियन्त्रणमा लिइएको हो ।’

 पात्रो/राशिफल  रेडियो YouTube