२०८२ फाल्गुन ६ | Feb 18, 2026

रेशम चौधरी निर्वाचन लड्न नपाउने- माग अस्वीकार

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
1.7k views

ललितपुर । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
यो संगै उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । चौधरीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट थिए ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले आइतबार उनको माग अस्वीकार गरेको हो ।

सर्वोच्चले मुद्दाको अर्को सुनुवाइ यही माघ १५ गतेलाई तोकेको छ । उनको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उनले कैलाली क्षेत्र नम्बर–१ बाट उमेदवारी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया