२०८२ चैत्र १६ | Mar 30, 2026

सेयर बजारमा लगातार गिरावट, १२ अर्ब ९६ करोडमा कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
255 views

सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन पनि उच्च अंकको गिरावट आएको बजारमा आज ४७.७१ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक १.६६ प्रतिशतले घटेर २८३१.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २६ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.९० अंकले घटेर ४८१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको बजारमा आज १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १ लाख ५९ हजार ३२८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । 

आज बजार घटे पनि ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया