२०८२ फाल्गुन ६ | Feb 18, 2026

सिन्धु बिकास बैंकको वित्तीय अवस्था दबाबमा, साढे १ करोड घाटा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
1.3k views

ललितपुर सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार पुस मसान्तसम्म बैंक खुद १ करोड ५४ लाख रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानीमा भने थोरै वृद्धि देखिएको छ। गत आवको ५ करोड ६६ लाख रुपैयाँबाट बढेर चालू आवमा ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट ६ करोड ९९ लाख रुपैयाँमा पुगेको छ। तर खर्च पनि बढेको छ। सञ्चालन खर्च ८ करोड १४ लाख रुपैयाँबाट बढेर ८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। नाफा–नोक्सानीको सन्तुलन बिग्रँदा बैंकको सञ्चालन नाफा ६ करोड ९५ लाख रुपैयाँबाट घटेर १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक भएको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ। निष्क्रिय कर्जा अनुपात ९.०६ प्रतिशतबाट घटेर ६.३९ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा कायम रहेको छ। चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भ कोषमा १ करोड ९६ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले हालसम्म ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ र ५ अर्ब ६६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया