२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्य नयाँ उचाइमा, सुन प्रतितोला ३ लाख ३ हजार नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
2.4k views

ललितपुर । स्थानीय बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । अघिल्लो शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढ्दै ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि २ सय ९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ र चाँदी ६ हजार १९० रुपैयाँ कायम थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आज विश्व बजारमा एक औँस सुन ४ हजार ९८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु ९चाँदी० प्रतिऔँस १०३ अमेरिकी डलर पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया