२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्वास्थ्यमन्त्रीले सार्वजनिक गरिन् तीनमहिने कार्यकालमा भएका कामकारबाहीहरु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
1.3k views

ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले तीनमहिने कार्यकालमा भएका कामकारबाहीहरु पत्रकार सम्मेलन मार्फतजानकारी गराएकी छन् । मन्त्रालयमा आइतवार पत्रकार सम्मेलन गर्दै उनले वित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन समस्या भएको बताइन् । । उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन आफूहरूले पहिलो दिनदेखि नै कार्य सुरु गरे पनि विभिन्न समस्याका कारण सफल हुन नसकेको बताइन् ।

स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागिता, अनावश्यक सेवा उपभोग, दाबी व्यवस्थापनमा कमजोरीलगायत समस्या स्वास्थ्य बिमा क्षेत्रमा देखिएको उनको भनाइ छ ।

मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको बताइन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहे पनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ ।

जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बिमालगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया