‘ब्यापारबाटै संसारका देशहरुले समृद्दिको सपना पुरा गरेका छन्’–जर्मन राजदुत सेफर

बिजनेसपाटी १ श्रावण ।

नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य “समृद्द नेपाल, खुसी नेपाली“ हाँशिल गर्ने अभियानमा आफ्नो देशको पुरा साथ रहने कुरा बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आज राजधानीमा आयोजित “नेपाल–जर्मन दुई पक्षीय ब्यापार तथा लगानी“ बिषयक अन्तरक्रियामा बोल्दै उनले सोबताएका हुन् ।

समृद्दिको लागि क्षमता अभिवृद्दी महत्वपुर्ण हुने भन्दै उनले नेपाली ब्यापार–व्यवसायको प्रबद्र्धनको लागि नेपाली व्यापारिक समुदायको क्षमता अभिबृद्दीको लागि तालिमहरुमा सहयोग गर्न सकिने उनको कथन छ । ब्यापारबाटै संसारका देशहरुले समृद्दिको सपना पुरा भएको भन्दै नेपाल पनि त्यो बाटोमा हिड्नुपर्ने उनले बताए ।

एक अर्को प्रसंगमा राजदुत सेफरले भने, “बिकासको लागि प्रयोग र अनुभव महत्वपूर्ण कुरा भएकोले बिकासको बाटोमा गरिने नयाँ प्रयोग नेपाल आफैले गर्नुपर्ने तर हाम्रो देशले जर्मनीको बिकासको अनुभव नेपालसंग बाँड्न तयार छ ।“

नेपालको नयाँ संरचना अनुसार व्यवस्था गरिएको अधिकारको विकेन्द्रीकरणको मोडेलमा नेपालको ब्यापार–व्यवसाय अघि बढेमा नेपालले तिब्र रुपमा बिकासको लक्ष्य हाँशिल गर्ने उनको बिश्वास थियो । यसको लागि नीजि क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सको भूमिका महत्वपूर्ण हुने भएकोले चेम्बरसंगको सहकार्यमा आफु तयार रहेको कुरा उनले व्यक्त गरे ।

सोहि कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जर्मन लगानी भि¥र्याउने सहि समय भएको बताए । उनले भने, “नेपालमा स्थिर सरकार निर्माण भएको र वर्तमान सरकारको लक्ष्य पनि अत्याधिक बैदेशिक लगानी भि¥र्याएर नेपाललाई समृद्द पार्ने रहेकोले नेपालमा जर्मन लगानीको उपयुक्त वातावरण बन्दै गएको छ ।”

प्रबिधि, शिक्षा र पर्यटनको क्षेत्रमा जर्मनीले महत्वपूर्ण योगदान दिएको कुरा समेत अध्यक्ष श्रेष्ठले बताए । भूकम्पपछिको पुनर्निर्माणमा जर्मनीले गरेको सहयोग आफुले सम्झिरहेको भन्दै नेपालको ब्यापार–व्यवसायको प्रबर्धनको लागि आउँदा दिनमा पनि जर्मन सहयोग महत्वपूर्ण हुने उनको बिश्वास थियो ।

जर्मनमा अध्ययन गरेर त्यहाँको प्रबिधिबाट प्रशिक्षित बिद्यार्थीहरुले नेपाल फर्केर आफुले सिकेको ज्ञान र सिपको उपयोग गरेको कुरा समेत उनले बताए ।

जर्मन दुताबासको कुटनीतिक प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्सका कार्य समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षद्वय कमलेश कुमार अग्रवाल र नरेश श्रेष्ठले पनि आफ्नो बिचार राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया