आइएमईको ‘छक्का–पञ्जा’ अफरका विजेता न्यौपानलेलाई १० लाख

काठमाडौँ १९ कार्तिक

दशैं, तिहार तथा छठ लगायत चाडपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘छक्का–पञ्जा’ अफरका विजेतालाई १० लाख नगद प्रदान गरिएको छ।

आइएमईका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक अम्बिका न्यौपानेलाई हस्तान्तरण गरे।

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो। सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त उपहार प्रदान गरिएको हो।

कम्पनीले १७ औँ वर्षसम्म आइपुग्दा १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ८ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स प्रवाह गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया