काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

काठमाडौं२२, साउन  २०७७

काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएका छन् ।  काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । आज बिहीबार देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया