कान्छी बन्नु छैन -कविता

-जब टक्क आँखा पुग्यो खेल मैदानमा
तिमी तिम्रै पहिचानमा थियौ ।
नियाल्न खोजँे
तिम्रा ति आकर्षण ब्यबहार
कति निश्चल भाव
पहिचाने तिमीलाई अरुसंगको बहसमा
सोचे तिमी के जान्दछौ
अपरिचित म
यो अञ्जान ठाउँ
हतारीएर अघि बढ्दा
तर दङ्ग म
तिमी मेराबारे मैसँग आइ कुरा गर्छु
जबकी,
म तिमिलाई सम्मान गर्न थालेको थिएँ
किनकी
म भन्दा अग्रज तिमी
तिमिले चाहेर पनि टाढिनु छ ।
म लुक्नु छ, भाग्नु छ
कान्छी बन्नु छैन
प्रेम त्याग भित्रै प्राप्ति छ
तिमि महान हौ वा सर्बगुणी
मैले तिम्रा लागी हेर्ने नजर बदल्दै छु ।
जहाँ अर्की नारीको खुशी बदलिँने छैन
हृदय टुक्रने छैन
सुन्दर फुल फुल्नेछ प्रितिको संसारमा ।
-सगि सुबेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया